२०८१ श्रावण १२
Home Sports मल्लको अर्धशतकमा नेपालले दियो नामिबियालाई १ सय ८१ रनको लक्ष्य

मल्लको अर्धशतकमा नेपालले दियो नामिबियालाई १ सय ८१ रनको लक्ष्य

by laganisutra

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन जोड्यो ।

नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे । उनले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । नेपालले दोस्रो ओभरमै विकेट गुमाएको थियो । अनिल साह र आसिफ शेखले ओपनिङ गरेको खेलमा आसिफ दोस्रो ओभरको पहिलो बलमा एक रनमा बोल्ड भए ।

यस्तै चौथो ओभरमा कप्तान रोहित पौडेल ९ बलमा २ चौकाको मद्दतमा १० रन जोडेर आउट भए । सातौं ओभरको अन्तिम बलमा अनिल साह २३ रनमा आउट भए । उनले १७ बलमा ३ छक्का प्रहार गरे ।

अर्को ओभरमा गुल्सन झा २६ रन बनाएर खेलिरहदा बर्नाल्ड स्कोल्ट्जको एलबिडब्लूको धरापमा परे । त्यतिबेला नेपालले ७।२ ओभरमा ४ विकेटको क्षतिमा ६४ रन जोडेको थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.