२०८१ श्रावण १२
Home Sports नामिबियामाथि नेपालको रोमाञ्चक जित

नामिबियामाथि नेपालको रोमाञ्चक जित

by laganisutra

काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी(२० सिरिजअन्तर्गत करण केसीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित हात पारेको छ।

नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेटको क्षतिमा १७७ रन जोड्यो।

यसअघि नेपालले पहिलो खेलमा नामिबिया र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजय भोगेको थियो। अब शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ।

खेलमा दीपेन्द्रसिंह ऐरीले दुई बलमा दुई विकेट लिएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो। दीपेन्द्रले १६औं ओभरको पहिलो र दोस्रो बलमा नामिबियाको चौथो र पाँचौ विकेट लिए। दीपेन्द्रले जेजे स्मिथलाई ५० रनमा अनिल साहबाट र जान निकोललाई सन्दीप जोराबाट क्याच गराए।

अर्को ओभरको पहिलो बलमा अभिनास बोहराले जान फ्राइलिंकलाई ३७ रनमा बोल्ड गरेपछि नेपाल खेलमा फर्कियो।

त्यसअघि १५औं ओभरमा करण केसीले २३ रन खर्चिदा नेपालमाथि दबाब परेको थियो। तर दिपेन्द्र र अभिनासले उत्कृष्ट बलिङ गर्दै नेपालमाथिको दबाब कम गरे।

१८औं ओभरमा दीपेन्द्रले १८ रन खर्चिदा फेरि नेपालमाथि दबाब बढ्यो। दीपेन्द्रलाई जान ग्रिनले दुई चौका र रुबेन ट्रम्पलम्यानले एक छक्का प्रहार गरे।

१९औं ओभरमा अभिनास बोहरालाई ट्रम्पलम्यान र ग्रिन मिलेर ११ रन प्रहार गरे। यो ओभरमा ग्रिनले दुई चौका हिर्काए। अन्तिम ओभरमा ४ विकेट बचेको नामिबियालाई १२ रन चाहिएको थियो।

नेपालका लागि करण केसीले अन्तिम ओभर बलिङ गर्दा पहिलो बलमा एक रन दिए। दोस्रो बलमा पनि एक रन नै भयो। तेस्रो बल डट भयो। तर अर्को बल भने वाइड भयो। चौथो बलमा एक रन दिए। पाँचौ बलमा करणले ट्रम्पलम्यानलाई सन्दीप जोराबाट क्याच गराए। जसका कारण अन्तिम बलमा नामिबियालाई ८ रन चाहिएको थियो भने नेपाल जित नजिक पुगेको थियो।जसमा करणले अन्तिम बलमा चौका दिए।

त्यसअघि नामिबियाका ओपनरद्वय माइकल भान १० रन र मालन क्रुगर ३ रनमा आउट भए। मालनलाई सोमपाल कामीले दोस्रो ‌ओभरमा र भानलाई करण केसीले छैटौं ‌‌ओभरमा आउट गरे।

त्यसअघि आठौं ओभरमा जेपी कोट्जे २५ रनमा विकेटकिपर आसिफ शेखबाट समातिए

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.