२०८१ श्रावण १२
Home Business विदेशी मुद्राको विनिमय दर सार्वजनिक, आज कतिमा हुँदैछ किनबेच ?

विदेशी मुद्राको विनिमय दर सार्वजनिक, आज कतिमा हुँदैछ किनबेच ?

by laganisutra

काठमाडौं । नेपाल राष्ट्र बैंककले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९४ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको ४ पैसा बढेको हो। आज युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ २० पैसा र बिक्रीमा १४३ रूपैयाँ ८४ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ०५ पैसा र बिक्रीमा ८६ रूपैयाँ ४४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ४९ पैसा र बिक्रीमा ९७ रूपैयाँ ९३ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रूपैयाँ २१ पैसा तोकिएको छ । यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३० पैसा र बिक्रीमा ३६ रूपैयाँ ४७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३० पैसा र बिक्रीदर ३५ रूपैयाँ ४६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०४ पैसा र बिक्रीमा ३६ रूपैयाँ २१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २७ रूपैयाँ ७६ पैसा र बिक्रीमा २७ रूपैयाँ ८८ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ १८ पैसा र बिक्रीमा ४३२ रूपैयाँ १३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ७५ पैसा तोकिएको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.