२०८१ श्रावण १२
Home EconomyNational पारसले विद्यार्थी बोकेको बसमाथि पेस्तोल ताकेपछि…

पारसले विद्यार्थी बोकेको बसमाथि पेस्तोल ताकेपछि…

by laganisutra

काठमाडौं । विभिन्न हर्कतका कारण चर्चामा आइरहने पूर्व युवराज पारस शाहले चितवनमा विद्यार्थीलाई घरतर्फ छाड्न गइरहेको बसमाथि पेस्तोल देखाएको बताइएको छ ।

चितवनको सनराइज स्कुलका विद्यार्थीलाई घर छाड्न गइरहेको गाडीमा पारसले पेस्तोल देखाएर तथानाम गालीगलौज गरेको बताइएको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष नविन श्रेष्ठले विद्यालयको बस रोकेर पेस्तोले देखाएको भन्ने आफूले सुनेको तर, कसले देखाएको हो भन्ने पहिचान भने नभइसकेको बताए । उनले यस विषयमा आफूलाई यो भन्दा बढी थाहा नभएको र अहिले विद्यालयभन्दा बाहिर रहेको जानकारी दिए ।

उक्त विद्यालयका प्रधानाध्यापक शिव बगालेले घटनाबारे बस चालकले आफूहरुलाई जानकारी गराएको बताए । तर, घटनामा संलग्न ब्यक्ति पूर्व युवराज पारस हुन् वा होईनन् भन्ने कुराको यकिन नभएको उनको भनाइ छ । उनले तीब्र गतिमा आएको कालो रङको गाडीलाई विद्यालयको बसले अवरोध गरेपछि उक्त गाडीबाट उत्रिएर ड्राइभरसँग भनाभन भएको र पछि कम्मरबाट कुनै वस्तु निकालेको तोकेको भनेर ड्राइभरले जानकारी गराएको बताए ।

घटनाको बारेमा के हो भने हाम्रो बस बच्चाहरुलाई लिएर अगाडि हिँडिरहेको थियो । बच्चाहरुलाई ओराल्ने क्रममा तीब्र गतिमा आइरहेको कारले अवरोध देख्यो । त्यसपछि ऊ अलिकति रिसायो । रिसाएको झोकमा ड्राइभरसँग गएर करायो । उसले कोटको खल्तिबाट ९हामीलाई के हो थाहा छैन० पेस्तोलजस्तो देखिने वस्तु निकाल्यो । दुई मिनेट भित्रमा ऊ त्यहाँबाट गएको छ । कारको नम्बर नोट गर्न कसैले पनि भ्याएन । एक प्रकारको त्यहाँ त्रासको वातावरण पनि देखिने भयो । त्यहाँ ८र१० जना ३र४ क्लासमा पढ्ने बच्चाहरु खेतमा खेल्दै रहेछन् । चिन्न सक्ने, बुझ्न सक्ने मान्छे कोही पनि थिएनन् त्यहाँ । ड्राइभरले नै भनेको कुरा हो,’– बगालेले भने ।

उक्त घटना पनि सिभिल प्रहरीले विद्यालयमा आएर सबै कुरा बुझेको र ड्राइभरसँग पनि सोधपुछ गरेको बताए । तर, ब्यक्ति को थियो भन्ने बारे प्रष्ट भने नभएको उनको भनाइ छ ।

नेपाल क्रिकेट एशोसिएशन ९क्यान० बागमती प्रदेश सदस्य अनिल अधिकारीले उक्त घटनाबारे सामाजिक सञ्जालमा लेखेका छन् । साथै, उनले उक्त घटनाबारे सरोकारवाला निकायमा जानकारी गराएपनि गुपचुप राख्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्ः

चितवनको सनराइज स्कुलको विद्यार्थी बोकिरहेको स्कुल बस ड्राइभरलाई केही दिनअघि पूर्व युवराज पारस शाहले बन्दुक देखाएर तथानाम गाली गरेको घटनाको बिषयमा स्कुलको प्रचार्य शिव बगाले सरलाई कार्यकक्षमा भेटेर जान्कारी लिएँ । फोनबाट चितवन प्रहरी प्रमुख भावेश्वोर रिमाल, नेपाली कांग्रेस चितवनका पार्टी सभापति राजेश्वोर खनाल्, भरतपुर माहनगर मेयर रेणु दाहाल्, नगर शिक्षा अधिकारी महेन्द्र पौडेल, चितवन क्षेत्र नम्बर २ की सभासद शान्ती परियार्, नेताहरु जित नारायन श्रेष्ठ, टेक प्रसाद गुरुङ, कृष्ण राज लब्लीलाई जान्कारी गराएको छु । केहि विद्यार्थी र युवा नेताहरुलाई घटनाको जान्कारी छ । सनराईज स्कुलको विद्यार्थी तथा स्टाफहरु सबलाई थाह छ ।उनीहरु सबै बोल्न डराइरहेका छन् ।प्रहरीले घटनाको अनुसन्धान गर्दै छ भनेर पन्छिएका छन् । प्राचार्य शिव बगाले शुरुमा प्रहरीइले घटनाको अनुसन्धान गर्दै छ । हामी किटानी जाहेरी दिदैनौं भनेर पन्छिन खोजे । प्रहरीले शुरुमा अनाकानी गरे पनि अनुसन्धान गर्दै छौं भनेको छ । धेरैलाई यो घटना हाँसो लाग्दो, केहीलाई गर्‍यो त गर्‍यो के भयो त भन्ने लागेको छ भने केहीलाई यस्तो कुरा केही होईनजस्तो लागे नि विद्यार्थी बोकिरहेको स्कुल बसमा भएको यो घटना त्यतिकै गुपचुप रहन्छ कि अघि बढ्छ केही दिनमा थाह हुनेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.