२०८१ श्रावण १२
Home Sports नामिबियाले दियो नेपाललाई बिशाल लक्ष्य, निकोलले तोडे कुशलको विश्व कीर्तिमान

नामिबियाले दियो नेपाललाई बिशाल लक्ष्य, निकोलले तोडे कुशलको विश्व कीर्तिमान

by laganisutra

काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नामिबियाले नेपाललाई २ सय ७ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनायो ।

नामिबियाका जान निकोल लफ्टी एटोनले कीर्तिमानी शतक बनाए । उनले ३३ बलमै शतक बनाउँदै नेपालका कुशल मल्लको रेकर्ड तोडे । यसअघि नेपालका कुशल मल्लले मङ्गोलियासँगको खेलमा ३४ बलमा शतक बनाएका थिए । लफ्टी एटन ३६ बलमा १ सय १ रन बनाएर आउट भए । यस्तै मलन क्रुगेरले ५९ रन बनाए । नेपालका कप्तान रोहित पौडेलले २ विकेट लिए ।

जन निकोलले तोडे कुशलको विश्व कीर्तिमान

काठमाडौं । नामिबियाका ब्याट्सम्यान जन निकोल लफ्टी ईटन टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडी बनेका छन् । उनी नेपाली ब्याट्सम्यान कुशल मल्लको कीर्तिमान तोड्दै सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडी बनेका हुन् ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको नेपालविरुद्धको खेलमा उनले यस्तो कीर्तिमान बनाएका हुन् । ईटनले केवल ३३ बलमा शतक पुरा गरेका हुन् । कुशल मल्लले भने सन् २०२३ को सेप्टेम्बर २७ तारिखमा एसियाली खेलकुदअन्तर्गत खेलिएको मंगोलियाविरुद्धको खेलमा ३४ बलमा शतक बनाएका थिए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.