२०८१ श्रावण १२
Home BusinessCompanies ज्योति विकास बैंकले दियो सिराहाको विद्यालयलाई डेस्क-बेन्च

ज्योति विकास बैंकले दियो सिराहाको विद्यालयलाई डेस्क-बेन्च

by laganisutra

काठमाडौं । ज्योति विकास बैंकले विद्यालयलाई डेस्क–बेन्च प्रदान गरेको छ । सिराहाको गोलबजार, धर्मपुरस्थित श्री आधारभूत विद्यालयलाई २५ थान डेस्क–बेन्च प्रदान गरेको हो । बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीको सिकाइ वातावरण अभिवृद्धि तथा समग्र शैक्षिक अनुभवमा सुधार ल्याउने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराएको बताएको छ ।

बैंकका गोलबजार शाखा प्रबन्धक भुवन धमलाले गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठ, गोलबजार वडा नं १० का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र मुखियाको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक मधुराम महतोलाई उक्त डेस्क–बेन्च हस्तान्तरण गरे ।

मेयर श्रेष्ठले शिक्षामा गुणस्तरीय पूर्वाधारको महत्वमा जोड दिँदै सकारात्मक र समृद्ध शैक्षिक वातावरण निर्माणमा बैंकको सहयोग अत्यन्त सराहनीय भएको बताए । साथै, विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकले डेस्क–बेन्चहरूको व्यवस्था भएसँगै कतिपय विद्यार्थीलाई भुइँमा बसी अध्ययन गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.