२०८१ श्रावण १२
Home Business घट्यो अमेरिकी डलरको भाउ, कतिमा हुँदैछ किनबेच ?

घट्यो अमेरिकी डलरको भाउ, कतिमा हुँदैछ किनबेच ?

by laganisutra

काठमाडौं । मंगलबार अमेरिकी डलरसँगै क्यानेडियन डलरको मूल्य घटेको छ। राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९३ पैसा कायम गरिएको छ।

सोमबार डलर एकको खरिददर १३२ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०१ पैसा कायम थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ८ पैसा घटेको हो।

क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३५ पैसा पाइन्छ। सोमबार क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ०४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४८ पैसा तोकिएको थियो।

आज युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ६२ पैसा र बिक्रीमा १४४ रूपैयाँ २७ पैसा तोकिएको छ। त्यस्तै, पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ०१ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७७ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८६ रूपैयाँ ७२ पैसा र बिक्रीमा ८७ रूपैयाँ १२ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०३ पैसा र बिक्रीमा ३६ रूपैयाँ १९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २७ रूपैयाँ ७० पैसा र बिक्रीमा २७ रूपैयाँ ८३ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ०५ पैसा र बिक्रीमा ४३२ रूपैयाँ पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६२ पैसा तोकिएको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.