२०८१ श्रावण १२
Home Sports राष्ट्रिय क्रिकेटरले मासिक १ लाखसम्म पाउने

राष्ट्रिय क्रिकेटरले मासिक १ लाखसम्म पाउने

by laganisutra

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले खेलाडीहरुको मासिक तलब बढाएर १ लाख रुपैयाँ पुर्याएको छ । क्यानको सोमबार बसेको बैठकले खेलाडीहरुको बर्गिकरण गर्नुको साथै तलब पनि तोकेको हो । 

क्यानले पुरुष खेलाडीतर्फ रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेललाई ‘ए’ ग्रेडमा राखेको छ । त्यस्तै कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आसिफ शेख र अविनाश बोहरालाई ‘बि’ ग्रेडमा राखिएको छ ।

विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जीसी ग्रेड ‘सी’ मा परेका छन् भने पवन सरार्फ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ ग्रेड ‘डी’ मा परेका छन् । त्यस्तै क्यानले दीपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती र हेमन्त धामीलाई इमर्जिङ टोलीमा राखेको छ । 

ग्रेड ए मा परेका खेलाडीहरुले मासिक एक लाख, ग्रेड बीलाई ७० हजार, ग्रेड सीलाई ५५ हजार, डीलाई ३५ हजार र इमिर्जिङ क्याटगोरीका खेलाडीहरुलाई मासिक २५ हजार तलब दिनइनेछ ।

त्यस्तै महिला खेलाडीतर्फ इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगरलाई ‘ए’ ग्रेडमा राखेको छ भने ‘बी’ ग्रेडमा कविता कुँवर मात्रै छिन् । 

ग्रेड ‘सी’ मा  पूजा महतो र अश्मिना कर्माचार्य र ग्रेड ‘डी’ मा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र बिन्दु रावल परेकी छन् । 

सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कञ्चन श्रेष्ठ, रुबि पोद्दार, सृष्टि जैसी, सम्झनाकुमारी खड्का र सना प्रविन इमर्जिङ क्याटगोरीमा परेका छन् । 

ग्रेड ‘ए’ मा पर्ने महिला क्रिकेट खेलाडीले मासिक ५० हजार रुपैयाँ तलब पाउने छन् भने बी ले ३५ हजार, सी ले ३० हजार, डी ले २५ हजार र इमर्जिङ क्याटगरीमा परेका क्रिकेटरले मासिक २० हजार तलब पाउने छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.