२०८१ श्रावण १२
Home Business नेपालका बैंक डुब्ने अवस्थामा छैनन् : गभर्नर अधिकारी

नेपालका बैंक डुब्ने अवस्थामा छैनन् : गभर्नर अधिकारी

by laganisutra

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंक डुब्ने अवस्थामा नरहेको बताएका छन् । सोमबार राजधानीमा बैंकिङ क्षेत्रको वर्तमान अवस्थाबारे बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । ‘नेपालका कुनै पनि बैंक डुब्ने अवस्थामा छैनन्’ उनले भने, ‘राष्ट्र बैंकले निक्षेपकर्ताको पैसा डुब्न दिँदैन ।’

बैंक तथा वित्तीय संस्थालाई स्वस्थ बनाइराख्न यसबीचमा नियमनकारी निकायले ल्याएका विभिन्न प्रावधानमा धेरै विरोध र टिप्पणी गरेको तर्फ इंगित गर्दै उनले भने, ‘राष्ट्र बैंकको नीतिगत कडाइका कारणले बैंकहरुमा समस्या आउँदैन ।’

अधिकारीले अहिले बढेको खराब कर्जा वास्तविक भएको बताएका छन् । ‘बैंकिङ क्षेत्र धेरै पारदर्शिता भएको क्षेत्र हो,’ अधिकारीले भने, ‘तर, यसअघि चालु पुँजी कर्जाको कारण पनि कर्जा एभरग्रिनिङ भइरहेको थियो । यस सम्बन्धी मापदण्ड आएपछि अहिले बैंकहरुले खराब कर्जा लुकाउन नपाएका हुन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.