२०८१ श्रावण १२
Home Business सेयर बजारमा २६.८१ अंकको गिरावट, ३ अर्बमाथिको कारोबार

सेयर बजारमा २६.८१ अंकको गिरावट, ३ अर्बमाथिको कारोबार

by laganisutra

काठमाडौं ।  साताको पहिलो दिन सेयर बजार घटेर बन्द भएको छ । आज सेयर बजार नेप्से परिसूचक २६.८१ अंकले घटेर १९७९.८१ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज जम्मा ३८ कम्पनीको सेयर मुल्य बढेको छ भने २०६ कम्पनकिो शेयरभाउ घटेको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । चिरख्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८.५५ प्रतिशतका दरले कमाएका छन् । घौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.६६ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था र मोलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

जोशी हाइड्रोपावर ११ करोड ३ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स ११ करोड १ लाख रुपैयाँ,गोर्खाज फाइनान्स १० करोड ७५ लाख रुपैयाँ,ङादी ग्रुप पावर ८ करोड ३७ लाख रुपैयाँ,एनआईसी एसिया बैंक ७ करोड ३१ लाख रुपैयाँ,घलेम्दी हाइड्रो ६ करोड ११ लाख रुपैयाँ,नेपाल पुनर्बीमा कम्पनी ५ करोड ७५ लाख रुपैयाँ,नेपाल फाइनान्स ५ करोड ६० लाख रुपैयाँ,सगरमाथा जलविद्युत ४ करोड ९५ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.