२०८१ श्रावण १२
Home Business सन् नेपाल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

सन् नेपाल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

by laganisutra

काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले उक्त लाभांश वितरण पश्चात कायम हुने चुक्ता पुंजीको २७ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । बीमा प्राधिकरणले हकप्रद स्वीकृत गरेपछि, साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब २० करोड छ । २३.८० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ३ अर्ब ९६ करोड १६ लाख पुग्ने छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.