२०८१ श्रावण १२
Home EconomyGold/Silver सातामा ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सातामा ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

by laganisutra

काठमाडौं । यो साता स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर कारोबार बन्द भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रवारको तुलनामा सुनको मूल्यमा प्रतितोला ९०० रुपैयाँको वृद्धि आएको हो ।

गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार १०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ५५० रुपैयाँ थियो । यो साताको शुक्रवारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको हो ।

यो साताको आइतबार सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँको वृद्धि आएको थियो । त्यसयता, सोमबार र मङ्गलवार स्थिर रहेको सुनको मूल्य बुधवार ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार रुपैयाँ भएको थियो । बिहीबार पुनः ४०० घटेको सुनको मूल्य शुक्रवार पनि स्थिर कायम रहँदै १ लाख १८ हजार रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यस्तै, यो साता चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । गत साताको शुक्रवार तोलामा १४ सय १० रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रवार १३ सय ९५ रुपैयाँमा कारोबार भएको हो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.