२०८१ श्रावण १२
Home Sports नामिबियाले नेदरल्याण्ड्सलाई दियो २०४ रनको लक्ष्य

नामिबियाले नेदरल्याण्ड्सलाई दियो २०४ रनको लक्ष्य

by laganisutra

काठमाडौं । आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई जितका लागि दुई सय चार रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया ४१ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय तीन रनमा समेटियो ।

नामिबियाका लागि ज्यान निकोल लोफ्टी–इटनले सर्वाधिक ४९ रन बनाए । उनले ४३ बल खेल्दै ६ चौका र दुई छक्काको मद्दतमा ४९ रन बनाएका हुन् । त्यस्तै मलान क्रुगरले ३९ रन जोडे । ज्यान फ्राइलिङ्कले ३४, रुबेन ट्रम्पप्लेमानले २३ र जान ग्रिनले २२ रन बनाए ।

कप्तान जेर्हार्ड इरासमले १२ रन बनाउँदा माइकल भ्यान लिङ्गेन १० रन जोडे । नेदरल्याण्ड्सका लागि भिभियन किङ्गमाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै आर्यन दत्त र रुलफ भ्यान डर मर्वाले समान समान दुई/दुई विकेट लिए भने शारिज अहमद र बास डे लिडाले समान एक/एक विकेट लिए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.