२०८१ श्रावण १२
Home Business आज कुन देशको मुद्रा कतिमा किनबेच हुँदैछ ?

आज कुन देशको मुद्रा कतिमा किनबेच हुँदैछ ?

by laganisutra

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।

अमेरिकी डलर भाउ आज सामान्य पैसाले बढेको छ भने युरो र पाउन्डको भाउ पनि बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०६ पैसा कायम गरिएको छ । बुधबार अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०५ पैसामा थियो।

बिहीबार युरोपियन युरोको एकको खरिददर १४३ रुपैयाँ र बिक्रीदर १४३ रुपैयाँ ६५ तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०२ पैसाले बढेको हो। मंगलबार यसको खरिददर १४२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६३ पैसामा कारोबार भएको थियो।

त्यस्तै, बेलायती पाउन्ड सटर्लिङको भाउ एक रुपैयाँ २६ पैसाले बढेर एकको खरिददर १६७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा कायम गरिएको छ । बुधबार यसको खरिददर १६६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५२ पैसामा कारोबार भएको थियो।

यता, अस्ट्रेलियन डलर एकको खरिददर भने ८६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रुपैयाँ १७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३५ पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८३ पैसा कायम हुँदा बिक्री दर भने ८ रुपैयाँ ८७ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रुपैयाँ ५१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रुपैयाँ ९२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ।

यसै गरी, बिहीबार कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ३२ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४९ पैसा कायम गरेको राष्ट्र बैङ्कले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ३२ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहीबार २७ रुपैयाँ ६३ पैसा र बिक्रीदर २७ रुपैयाँ ७६ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ४२ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९७ पैसा तोकिएको राष्ट्र बैङ्कले जनाएको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.