२०८१ श्रावण १२
Home BusinessCompanies कान्तिपुर सहकारीका अध्यक्ष पक्राउ

कान्तिपुर सहकारीका अध्यक्ष पक्राउ

by laganisutra

काठमाडौं । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा कान्तिपुर सहकारीका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी पक्राउ परेका छन् । पीडितहरूले सहकारीमा ठगीकाे आरोपमा उजुरी गरेपछि उनलाई प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंले उनीसहित ६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत साता कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो । फागुन ३ गतेको मन्त्र स्तरीय निर्णयबाट कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गरेकाे थियाे । २९ माघमा विभागले सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो ।
यस सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको भन्दै सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको थियाे ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा लेखिएकाे छ,’सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ।’

यस संस्थाका सञ्चालकहरूले बचतकर्ता र शेयर सदस्यको गरी कुल साढे ६ अर्ब रुपैयाँ दुरुपयोग गरेकाे पाइएकाे हाे । कान्तिपुर सहकारीमा करिब १४ हजार बचत खाता खोलिएको थियाे भने गत असारसम्म करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड रूपैयाँ बचत थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.