२०८१ श्रावण ४
Home Business लक्ष्मी सस्टेनेबल इनर्जी फन्डले पुवा खोला–वानमा लगानी गर्ने

लक्ष्मी सस्टेनेबल इनर्जी फन्डले पुवा खोला–वानमा लगानी गर्ने

by laganisutra

काठमाडौं । एलएस (लक्ष्मी सन्राइज) क्यापिटल कोष प्रबन्धक भएको लक्ष्मी सस्टेनेबल एनर्जी फन्डले पुवा खोला–वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानी गर्ने भएको छ । फन्डले दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण माइलस्टोन मान्दै लगानी घोषणा गरेको हो ।

लगानीसम्बन्धी सम्झौतामा एलएस क्यापिटलका अध्यक्ष राजीव सापकोटा तथा पुवा खोला–वान हाइड्रोपावरका अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेको जनाइएको छ । एलएस (लक्ष्मी सन्राइज) क्यापिटको पहिलो प्राइभेट इक्विटी कोषको आकार एक अर्ब रुपैयाँ रहेको फन्डले जनाएको छ । यो फन्ड बजारको तुलनामा उच्च प्रतिफल प्रदान गर्दै समाजमा प्रभाव पार्ने उद्देश्यले सुरु गरिएको कोष भएको क्यापिटलले दाबी गरेको छ ।

पुवा खोला–वान हाइड्रोपावरले पुवा खोला जलविद्युत् आयोजना निर्माण गरेको छ । इलाममा अवस्थित यस आयोजनाले चार मेगावाट विद्युत् उत्पादन सुरु गरिसकेको जनाइएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.