२०८१ श्रावण १२
Home EconomyNational राससलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउनुपर्नेमा सञ्चारमन्त्रीको जोड

राससलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउनुपर्नेमा सञ्चारमन्त्रीको जोड

by laganisutra

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति ९रासस० लाई अन्तर्राष्ट्रिय बजारमा प्रातिस्पर्धी बनाउन आवश्यक भएको बताएकी छन् ।

राससको ६३औं वार्षिकोत्सवमा समारोहमा उनले हालसालै अवधि भाषामा सेवा सुरू गरेर भाषाभाषीलाई प्राथमिकता दिएको भन्दै अब विश्व बजारमा पनि प्रतिस्पर्धी हुनुपर्ने औंल्याएकी हुन् । राससले गत वर्ष एक लाख बढी समाचार सामाग्री दिएको तारिफ गर्दै अब संख्यात्मकमात्र नभई गुणात्मक विकासमा जोड दिइन् ।

शर्माले सरकारका कामलाई जनतामा पुर्‍याउन सरकारी मिडियाले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएकी छन् । सरकारी स्वामित्व भएका मिडिया हिजोका जस्तो नभएको भन्दै राससले जनताको आवाज बोल्नुपर्ने उनको भनाइ छ । सही समाचार सम्प्रेषण गर्न राससलाई उनको आग्रह थियो ।

२०१८ सालमा स्थापना भएको रासस न्यूरोडको निजी घरबाट सुरू भएर आफ्नै भवनमा भद्रकाली प्लाजामा रहेको छ । हाल सातै प्रदेशमा कार्यालय र ५३७ ग्राहक छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.