२०८१ श्रावण १२
Home Market सेयर बजारमा दोहोरो अंकको गिरावट, ३ अर्बको कारोबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, ३ अर्बको कारोबार

by laganisutra

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ को विन्दुमा बन्द भएको छ।

आज ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज २१ कम्पनीको मुल्य मात्रै बढेको छ भने २२५ वटा कम्पनीको मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

त्यसैगरी, सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । किसान लघुवित्तका लगानीकर्ताले ८.२२ प्रतिशतका दरले कमाएका छन् । यूनियन हाइड्रोका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव २१ प्रतिशतका दरले गुमाएका हुन् ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ४० करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यसैगरी,एनआईसी एसिया बैंकः १३ करोड ६५ लाख रुपैयाँ,जोशी हाइड्रोपावरः १० करोड १४ लाख रुपैयाँ,सगरमाथा जलविद्युतः ९ करोड २७ लाख रुपैयाँ,युनियन हाइड्रोपावरः ७ करोड ६१ लाख रुपैयाँ,ङादी ग्रुप पावरः ७ करोड १ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरः ६ करोड ८२ लाख रुपैयाँ,हिमालयन डिस्टिलरीः ६ करोड २३ लाख रुपैयाँ,आँखुखोला जलविद्युतः ६ करोड १९ लाख रुपैयाँ,सोनापुर मिनरल्सः ५ करोड ८० लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.