२०८१ जेष्ठ ७
Home Business बोटलर्स नेपालका दुबै कम्पनी तराई र बालाजु नोक्सानीमा

बोटलर्स नेपालका दुबै कम्पनी तराई र बालाजु नोक्सानीमा

by laganisutra

काठमाडौं । नेपालमा कोकाकोला उत्पादन तथा वितरण गर्दै आएका बोटलर्स नेपालका दुबै कम्पनी तराई र बालाजु नोक्सानीमा गएका छन् । दुबै कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नोक्सानी देखिएको हो ।

चितवनमा रहेको प्लान्टको सञ्चालन गर्ने बोटलर्स नेपाल तराईले ६ महिनामा ७ करोड ४१ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ । जबकि गत आर्थिक वर्षको यसै अवधिमा १५ करोड ३२ लाख रुपैयाँ नाफामा थियो । कम्पनीको कुल आम्दानी घट्नु र वित्तीय लागत बढ्दा नोक्सानी देखिएको हो । साथै कच्चा पदार्थको मूल्यवृद्धि, बिक्रीवितरण लागत बढेको कम्पनीले वित्तीय विवरणमा स्पष्ट पारेको छ ।

कम्पनीको बिक्री आम्दानी दोस्रो त्रैमासमा ३ अर्ब ६८ करोड रुपैयाँ छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ८६ करोड थियो । वित्तीय लागत भने पहिले ११ करोड ३७ लाख थियो भने अहिले १४ करोड ५ लाख छ ।

कम्पनी नोक्सानीमा गएसँगै प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२३ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ३ हजार १७३ रुपैयाँ छ । बोटलर्स नेपाल तराईको मूल्य बिहीबार बजार बन्द हुँदा प्रतिकित्ता १२ हजार ११ रुपैयाँ छ ।

त्यस्तै काठमाडौंस्थित बालाजु प्लान्ट सञ्चालन गर्ने बोटलर्स नेपाल बालाजु चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड १५ लाख रुपैयाँ नोक्सानीमा गएको छ । गत वर्ष यस अवधिमा कम्पनी २९ करोड २१ लाख रुपैयाँ नाफामा थियो । यस कम्पनीको पनि बिक्री आम्दानी घटेको छ भने वित्तीय लागत बढेको छ ।

दोस्रो त्रैमासमा बिक्री आम्दानी ४ अर्ब ५८ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो आम्दानी ५ अर्ब १९ करोड थियो । आम्दानी घट्दा वित्तीय लागत भने दोब्बर भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ४२ लाख रुपैयाँ वित्तीय खर्च थियो भने अहिले १५ करोड ४९ लाख रुपैयाँ छ ।

कम्पनी नोक्सानीमा गएसँगै वार्षिक प्रतिसेयर आम्दानी १४९ रुपैयाँ ऋणात्मक देखिएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ३ हजार १२० रुपैयाँ छ । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ हजार ३११ रुपैयाँ छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.