२०८१ श्रावण १२
Home Opinion राष्ट्रिय सभा सदस्यकै घरमा दलित र गैरदलितलाई फरक-फरक भान्सा

राष्ट्रिय सभा सदस्यकै घरमा दलित र गैरदलितलाई फरक-फरक भान्सा

by laganisutra

कालिकोट । जिल्लाको रास्कोट नगरपालिका वडा नम्वर ८ बाङग्री सिम घर भएका राष्ट्रिय सभा सदस्य नरपति सुनारले दलित र गैरदलितहरुका लागि अलग –अलग भान्सा दिएर जातीय छुवाछुत तथा सामाजिक विभेद बढ्ने काम गरेका छन ।

नेकपा एमालेबाट निर्वाचित राष्ट्रिय सभा सदस्य सुनारका ८१ बर्षिय स्वर्गीय बुवा दले लुवारको १३ औं दिनको पुण्डतिथिमा विहिवार श्रद्धाञ्जली दिन पुगेका दलित तथा गैरदलित सहभागीहरुलाई अलग –अलग भान्सा दिएर आफैबाट विभेद बढाउने काम गरेका हुन ।

राष्ट्रिय सभा सदस्य सुनार आफै दलित प्रतिनिधि पात्र पनि हुन । उनले आफ्नै घरमा भान्सा दिदा दलित समुदायमाथि विभेद र अपमान हुने गरी गैरदलित समुदायलाई फरक भान्सा दिएका थिए।

Screenshot 2024 02 16 18 03 39 95 be80aec1db9a2b53c9d399db0c602181

यो दलित समुदायले  चलाएको भान्सा

Screenshot 2024 02 16 18 05 25 49 be80aec1db9a2b53c9d399db0c602181

यो  गैरदलित समुदायले चलाएको भान्सा

उनको यो कार्यलाई श्रद्धाञ्जली दिन सहभागी भएका दलित नेता तथा जनप्रतिनिधिहरुले असन्तुष्टि प्रकट गर्दै विरोध गरेका छन ।
रास्कोट नगरपालिकाका नगरप्रमुख धर्मराज शाहीले एकाईसौ सताब्दीमा पनि सार्वजनिक स्थलमा अलग –अलग भान्सा दिएको भन्दै आपत्ति जनाए ।
उनले जातीय विभेद विरुद्ध १० बर्षे जनयुद्ध भएको भएपनि त्यसले नपुगेको टिप्पणी गरे । उनले राष्ट्रिय सभा सदस्यकै घरमा आफैले आफैमाथि विभेद हुने गरेर भान्सा दिनु शोभनिय नभएको भन्दै आउने दिनमा यस्तो कार्य कसैले नगर्न सुझाव दिए ।

दलित अगुवा तथा रास्कोट नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष मन तिरुवाले समाज परिवर्तन गर्ने र छुवाछूत अन्त्य गर्छौ भन्ने कुरा मुखले भनेपनि ब्यवहारमा पुरानै सोच र चेतना भएकाले समाज नबदलिएको प्रतिक्रिया दिए । उनले छुवाछुत र विभेद सबै भन्दा पहिला दलितहरुबाटै अन्त्य गर्नु पर्ने तर्क गर्दै आफै हेपिएर बस्न नहुने बताए ।

श्रद्धाञ्जली दिन गएका दलित अगुवा निर्देशन सीले जातीय छुवाछुत र विभेद हुने गरी भान्सा फरक –फरक गरीएकोमा विरोध गरे । उनले कानुन बनाउने निकाय सम्म पुगको व्यक्तिकै घरमा दलित र गैरदलितहरु बिच फरक भान्सा किन दिएको हो रु भनि प्रश्न गरे ।

उनले दलितहरुका आवाजहरूलाई संसद तथा सिंहदरबारमा उठाउएर विभेदलाई न्यूनिकरण गर्नु पर्ने ठाँउमा पुगेको व्यक्तिले आफ्नै बुवाको पुण्यतिथिको बेला दलित र गैरदलित बिच फरक– फरक भान्सा चलाउनु राम्रो नभएको बताए ।

रास्कोट नगरपालिका वडा नम्वर ९ थोल्मघर भएका र पुण्डतिथिमा श्रद्धाञ्जली दिन गएका दलित युवा जग सुनारले समाजमा विभेद बढ्ने र दलितमाथि अपमान हुने गरी फरक भान्सा दिनु अन्याय भएको टिप्पणी गरे ।

उनले भने ‘दलित र गैरदलित समुदायहरुको लागि छुट्टा –छुट्टै भान्सा गरियो । अलग –अलग दाल भात पकाएर खाने काम भयो । अन्तिममा गैरदलितले चलाएको भान्साको बाकी रहेको जुटो खाना दलितलाई दियो र जुठा भाँडाहरू दलितहरुलाई सफा गर्न लगाईयो । यो दलितमाथि ठुलो विभेद हो । यसको घोर विरोध गर्दछु र सबैले गर्नुपर्छ ।’

समाज परिवर्तन गर्नु पर्छ भनेर आदर्श दिने शिक्षक बुद्धिजीवी र सामाजिक अभियान्ताहरु पनि विभेदमै लागे । उनीहरुले नै गैरदलितहरुको भान्सामा मात्र पाकेको खाना खाए । दलितको भान्सामा हेर्नपनि आएनन् दलित युवा सुनारले भने । उनका अनुसार कतिपय परिर्वतनको सोच राख्ने गैरदलित युवाहरु दलित समुदायले चलाएको भान्सामा सहभागी भएर खाना खाएका थिए ।

पुण्ड तिथिको श्रद्धाञ्जली दिन पुगेका नेकपा एमालेका जिल्ला कमिटी सदस्य काली बहादुर शाहीले जनयुद्धले जातीय छुवाछुत कम गरेपनि पछिल्लो समय कतिपय माओवादीकै कारण विभेद बढेको आरोप लगाए । उनले विज्ञानको युगमा जातीय तथा सामाजिक विभेद गर्नु संविधानले दिएको अधिकार विरुद्धको काम हुने भन्दै विभेद गर्नु राम्रो पक्ष नभएको बताए ।

यस विषयमा राष्ट्रिय सभाका सदस्य सुनारलाई बुझ्दा गैरदलितका बुढा पाका लागि मात्र भान्सा फरक गरिएको स्वीकार गरे । उनले वुवाको पुण्डतिथिका बेला टाढा टाढाबाट आएका र एउटै भान्सामा खान अप्ठेरो मान्ने बुढापाकाको लागि मात्र भान्सा फरक भएको बताए ।

उनले दलित समुदायले चलाएको भान्सामा प्राय सबै गैरदलित समुदायका युुवा पुस्ताले खाना खाएको पनि दाबी गरे । उनले भने ‘त्यो गर्न नहुने काम त हो, तर अशुभ कार्यमा टाढाबाट श्रद्धाञ्जली दिन आउदा पनि बुढा पाकालाई खाने व्यवस्था गरौ मैले नै भनेर भएको हो । यो एकै पटक बुढा पाकाले बुझन सक्दैनन । समाज एकै पटक बदलिन सकेको छैन ।’ राष्ट्रिय सभा सदस्य सुनारका वुवा दले लुवारको गत माघ १८ गते राति निधन भएको थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.