२०८१ श्रावण १२
Home Business सेयर बजारमा सामान्य वृद्धि, ४ अर्बको कारोबार

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्बको कारोबार

by laganisutra

काठमाडौँ । ५.९१ अंकको वृद्धिसँग नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द भएको छ । कारोबार सुरु भएको समयमा सामान्य घटबढ भएपनि आज बुधबार नेप्से परिसूचक १ बजे आसपास २०८१ अंकमा पुगेको थियो । त्यसपछि पुनः घट्दै २०६७ अंकसम्म पुगे पनि अन्तिममा ०.२८ प्रतिशतको वृद्धिसँगै बन्द भएको हो ।

५ अंकको वृद्धिसँगै २०७६ अंकमा पुगेर बन्द भएको नेप्सेमा १३२ वटा कम्पनीको मूल्य बढेको छ । यस्तै, १११ कम्पनीको मूल्य घट्दा ४ कम्पनीको भने घटेको छ । यसक्रममा आज ४ अर्ब २५ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता सेयर किनबेच भएको छ ।

परिसूचक सामान्य अंकले बढेपनि नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, बोटलर्स नेपालको सेयर मूल्य १० प्रतिशतले बढ्दा पाँचथर पावर कम्पनीको सेयर मूल्यमा समेत १० प्रतिशतको वृद्धि देखिएको छ । यसबाहेक, समाज लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावार डेभलपमेन्टको सेयर मूल्य समान ९÷९ प्रतिशतले बढेको छ ।

परिसूचक ५ अंकले बढ्दा ७ कम्पनीको सूचकमा भने गिरावट आएको छ । बैंक, होटल र टुरिजम, लगानी र जीवन बीमा समूह र व्यापार समूहको सूचकसमेत घटेको छ । यीबाहेक, विकास बैंक, वित्त, उत्पादनमूलक, लघुवित्त, म्यूचुअल फण्ड, निर्जीवन बीमा समूह र अन्य समूहमा समेत वृद्धि आएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.