२०८० फाल्गुन १७
Home BusinessCompanies सिंगटी हाईड्रोको साधारणसभा सम्पन्न

सिंगटी हाईड्रोको साधारणसभा सम्पन्न

by laganisutra

काठमाडौं। सिंगटी हाईड्रो इनर्जी लिमिटेडको १४ औ साधारणसभा सम्पन्न भएको छ । आज मंगलबार कम्पनीका अध्यक्ष सुदिप राज गौतमको अध्यक्षतामा कम्पनीले आर्थिक वर्ष २०७९/८० को साधारणसभा सम्पन्न गरेको हो।

साधारणसभाले अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष ७९/८० को वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ भने लेखापरीक्षकद्वारा पेश गरिएको अन्य वित्तीय विवरण पारित गरेको छ । साथै सभाले आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्त गरेको छ । विशेष प्रस्ताव अन्तर्गत सभाले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र थप संशोधन आवश्यक परे संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले २०८० फागुन २ गतेदेखि हकप्रद निष्काशन पनि गर्दै छ । कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.