२०८१ जेष्ठ ७
Home Business हिमालयन रिइन्स्योरेन्सको नाफा दोब्बर

हिमालयन रिइन्स्योरेन्सको नाफा दोब्बर

by laganisutra

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा समीक्षा अवधिमा झण्डै दोब्बर भएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउनदेखि पुस मसान्तसम्म) वित्तीय विवरणअनुसार ६० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ३० करोड १७ लाख रुपैयाँ थियो । कम्पनीको खुद प्रिमियम आम्दानी र लगानी तथा ब्याजवापतको आम्दानी बढ्दा नाफामा टेवा पुगेको देखिन्छ ।

कम्पनीले दोस्रो त्रैमासमा १ अर्ब ९९ करोड रुपैयाँ खुद प्रिमियम आम्दानी गरेको छ । गत वर्षको यस अवधिमा यस्तो आम्दानी ७८ करोड ३८ लाख रुपैयाँ मात्रै थियो । त्यस्तै लगानी तथा ब्याजवापतको आम्दानी गत वर्षको दोस्रो त्रैमासमा ३७ करोड ४२ लाख रुपैयाँ रहेकोमा यो वर्षको दोस्रो त्रैमासमा ४७ करोड ३२ लाख रुपैयाँ छ ।

कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । वार्षिक प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५ पैसा छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ३० पैसा छ । कुल १० अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीले ४ प्रतिशत बोनस सेयर घोषणा गरिसकेको छ । साथै बोनस सेयरपश्चात कम्पनीले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेगरी आगामी साधारणसभामा प्रस्ताव लैजाँदै छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.