२०८१ श्रावण १२
Home Business सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अधिकांश सूचकमा चमक

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अधिकांश सूचकमा चमक

by laganisutra

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ९६.४८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको यसैअवधिमा इन्स्योरेन्सले ११ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा १० अर्ब ९१ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा पुष मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार १६.३० प्रतिशतले वृद्धि भएर १२ अर्ब ६९ करोड पुगेको छ ।

पुष मसान्तसम्ममा कम्पनीले २ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १८ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १३६.०७ प्रतिशतले वृद्धि भएको हो ।

साथै लगानी तथा कर्जाबाट हुने आम्दानी १६६.४१ प्रतिशतले बढेर ७४ करोड ४५ लाख ५६ हजार रुपैयाँ छ ।

कम्पनीले यस अवधिमा २ अर्ब ६२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १३७.०५ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले २८ करोड ७९ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६१ लाख रुपैयाँ खर्चिएको थियो ।

इन्स्याेरेन्सकाे चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ । पुस मसान्तसम्म आइपुग्दा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १० रुपैयाँ ५० पैसा र प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ४४ पैसा छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.