२०८१ श्रावण १२
Home Business पर्यटन व्यवसायमा सुधार आएपछि सोल्टी होटलको नाफामा प्रगति

पर्यटन व्यवसायमा सुधार आएपछि सोल्टी होटलको नाफामा प्रगति

by laganisutra

काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ४.६४ प्रतिशतले धेरै हो ।

गत वर्ष होटलले २५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्म सोल्टीले व्यवसायबाट कुल १ अर्ब ५ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको भन्दा ३९.४४ प्रतिशतले धेरै हो । गत वर्ष होटलले ९६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

यो त्रैमासमा होटलको सञ्चालन आम्दानी पनि ३० करोड ६२ लाख रुपैयाँबाट बढेर ३१ करोड ७९ लाख रुपैयाँमा भएको छ । पछिल्लो समयमा पर्यटन व्यवसायमा सुधार आएकोले होटलको व्यवसायिक आम्दानीमा वृद्धि भएकोले नाफा बढ्न पुगेको छ ।

हाल यसको चुक्ता पुँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ अर्ब ४८ करोड रुपैयाँ छ । सोल्टी होटलको प्रतिसेयर आम्दानी २ रुपैयाँ ९७ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ २६ रुपैयाँ ७८ पैसा रहेको थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.