२०८१ श्रावण १२
Home Market नेप्से सूचक दोहोरो अंकले घट्यो, ४ अर्ब ८ करोड बराबरको कारोबार

नेप्से सूचक दोहोरो अंकले घट्यो, ४ अर्ब ८ करोड बराबरको कारोबार

by laganisutra

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक १० अंकमाथिले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १०.५० अंकले घट्दै २ हजार ८५.८२ अंकमा झरेको हो । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ५.७४ अंकले बढेर २ हजार ९६.३८ अंकमा अडिएको थियो ।

यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.८९ अंकले घटेर ३७४.७५ अंकमा झरेको नेप्सेले जनाएको छ । आज विकास बैंक समूह, हाइड्रोपावर समूह र म्युचुअल फन्ड समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी १० वटा उपसूचक ऋणात्मक भएका छन् ।

यस दिन ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । सबैभन्दा बढी आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको ६२ करोड ४७ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १२ करोड ४ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस दिन समाज लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुले १० प्रतिशतले कमाएका छन् भने एनआईसी एसिया ग्रोथ फन्ड–२ का लगानीकर्ताहरूले १० प्रतिशतले नै गुमाएका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.