२०८१ बैशाख २७
Home Market सिक्लेस हाइड्रोपावरको नाफा बढ्यो

सिक्लेस हाइड्रोपावरको नाफा बढ्यो

by laganisutra

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सिक्लेस हाइड्रोपावरको खुद नाफा ०.२७ प्रतिशतले बढेर ६ करोड २९ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड २७ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी सामान्य बढेको कारण खुद नाफामा पनि सामान्य वृद्धि भएको हो ।

विद्युत् बिक्रीबाट हुने आम्दानी १.३० प्रतिशतले बढेर १९ करोड ५८ लाख ४१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १९ करोड ३३ लाख ३० हजार रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेको थियो । यता, कम्पनीले भने कर्जाको ब्याजदर बढेको कारण नाफा बढ्न नसकेको जनाएको छ । 

पुस मसान्तसम्म आइपुग्दा सिक्लेस हाइड्रोपावरको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ८३ पैसा छ । चुक्ता पुँजी ८५ करोड छ । जगेडा कोषमा ८ करोड ३५ लाख छ । 

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.