२०८१ बैशाख २७
Home Business बढ्यो सेयर बजार, ३ अर्बमाथिको कारोबार

बढ्यो सेयर बजार, ३ अर्बमाथिको कारोबार

by laganisutra

काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजार बढेको छ । आज सेयर बजार नेप्से परिसूचक ५.७४ अंकले बढेर २०९६.३८ को विन्दुमा बन्द भएको छ।

आज  ३१७ कम्पनीको ९१ लाख ७१ हजार ७१० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोडमाथिको सेयर कारोबार भएको छ । आज १५७ कम्पनीको सेयर मुल्य बढेको छ भने ८२ कम्पनीको सेयर मुल्य घटेको छ ।

आज १५७ कम्पनीको सेयरभाउ बढ्दा ८२ वटाको घटेको छ भने ८ वटाको स्थिर रहेको छ।

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । त्रिसुली जलविद्युतका लगानीकर्ताले ९.८४ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९.९७ प्रशिततका दरले गुमाएका हुन् ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

चन्द्रागिरी हिल्स ८ करोड ७६ लाख रुपैयाँ,अपी पावर ७ करोड ७५ लाख रुपैयाँ,ङादी ग्रुप पावर ७ करोड ३० लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर ६ करोड ९२ लाख रुपैयाँ,त्रिशूल जलविद्युत ५ करोड ६२ लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्ट ५ करोड ३८ लाख रुपैयाँ,सोनापुर मिनरल्स ४ करोड ८१ लाख रुपैयाँ,शिवम सिमेन्ट ४ करोड ५७ लाख रुपैयाँ,सगरमाथा जलविद्युत ४ करोड ४० लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.