काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजार बढेको छ । आज सेयर बजार नेप्से परिसूचक ५.७४ अंकले बढेर २०९६.३८ को विन्दुमा बन्द भएको छ।
आज ३१७ कम्पनीको ९१ लाख ७१ हजार ७१० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोडमाथिको सेयर कारोबार भएको छ । आज १५७ कम्पनीको सेयर मुल्य बढेको छ भने ८२ कम्पनीको सेयर मुल्य घटेको छ ।
आज १५७ कम्पनीको सेयरभाउ बढ्दा ८२ वटाको घटेको छ भने ८ वटाको स्थिर रहेको छ।
आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । त्रिसुली जलविद्युतका लगानीकर्ताले ९.८४ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९.९७ प्रशिततका दरले गुमाएका हुन् ।
आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
चन्द्रागिरी हिल्स ८ करोड ७६ लाख रुपैयाँ,अपी पावर ७ करोड ७५ लाख रुपैयाँ,ङादी ग्रुप पावर ७ करोड ३० लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर ६ करोड ९२ लाख रुपैयाँ,त्रिशूल जलविद्युत ५ करोड ६२ लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्ट ५ करोड ३८ लाख रुपैयाँ,सोनापुर मिनरल्स ४ करोड ८१ लाख रुपैयाँ,शिवम सिमेन्ट ४ करोड ५७ लाख रुपैयाँ,सगरमाथा जलविद्युत ४ करोड ४० लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।