२०८१ श्रावण १२
Home BusinessCompanies हिमालयन एभरेष्ट इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित

हिमालयन एभरेष्ट इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित

by laganisutra

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । माघ २५ गते सम्पन्न कम्पनीको ३०औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको उक्त लाभांशलाई पारित गरेको हो ।

यससँगै योग्य सेयरधनीहरुले चुक्ता पुँजीको ६.३७ प्रतिशत बोनस र ८.६३ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश पाउने भएका छन् ।

कम्पनीले ४४ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरी सेयधनीहरुलाई कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेकोमा खुशी व्यक्त गर्दै सेयरधनीहरुले कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा सञ्चालित उक्त सभामा मर्जर पछिका विभिन्न व्यवधानहरुको सामना गर्दै कम्पनीले प्रगति हासिल र चालु आर्थिक वर्षका सूचांकहरु समेत उत्साहजनक रहेको जानकारी गराइएको थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.