२०८१ श्रावण १२
Home Business सुपरमाइ हाइड्रोपावरको नाफा १३ प्रतिशत घट्यो

सुपरमाइ हाइड्रोपावरको नाफा १३ प्रतिशत घट्यो

by laganisutra

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सुपरमाइ हाइड्रोपावरले ५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा १३ प्रतिशत घटेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ५ करोड ७६ लाख रुपैयाँ थियो । कम्पनीको विद्युत् बिक्री आम्दानी सामान्य बढेको छ, तर बिक्री लागतसँगै वित्तीय लागत पनि बढेको छ । जसले गर्दा कम्पनीको नाफामा सामान्य गिरावट देखिएको छ ।

कम्पनीले ६ महिनामा विद्युत बिक्रीबाट १३ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा यस्तो आम्दानी १३ करोड ६६ लाख रुपैयाँ थियो ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५३ पैसा छ । प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ८८ पैसा छ । व्यवसायिक उत्पादन भएको ५ वर्ष पूरा भएकाले केही मेसिन थप गर्नुपर्ने तथा केही मर्मत गर्नुपर्ने अवस्था रहेकाले आगामी समय नाफामा प्रभाव पर्न सक्ने कम्पनीले औंल्याएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.