Sunday, September 8, 2024
Home Sports नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य, कुशल भुर्तेलको अर्धशतक

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य, कुशल भुर्तेलको अर्धशतक

by laganisutra

काठमाडौं । नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको अर्धशतकमा ५० ओभरमा सबै विकेट गुमाउँदा २२४ रन जोड्यो।

एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका कुशलले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रन जोडे।

कुशलका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी जोड्न सकेनन्। यस्तै भीम सार्की १७ रन र कुशल मल्लले पनि २० बनाए।

आरिफ शेखले ३८ रन जोड्दा नेपालको स्कोर बढेको थियो। आरिफले ५० बलमा ४ चौका प्रहार गरे। पवन सर्राफ पनि १५ रन जोड्दा क्यानडाका शाहिद अहमजाइको एलबिडब्लूको धरापमा परे।

सोमपाल कामीले जोडेको २७ रन नेपालका लागि महत्वपूर्ण सावित भयो। ४९ ओभरको पाँचौं बलमा आउट हुनुअघि उनले २३ बलमा १ चौका र २ छक्का प्रहार गरे। रिजन ढकाल अन्तिम ओभरमा ४ रनमा आउट भए भने सूर्य तामाङ १० रनमा नटआउट रहे। रिजन र सूर्यले नेपाली टिमबाट एकदिवसीय खेलमा डेब्यू गरेका हुन्।

बलिङमा क्याडनाका उदय भगवानले ३ विकेट लिए। उनले ८ ओभरमा १ मेडन राख्दा ४० रन खर्चिए। इश्वर सोधी र साद विन जाफरले २(२ विकेट लिन सफल भए।

नेपालले फागुन पहिलो साता आइसिसी विश्वकप लिग(२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft