२०८१ श्रावण १२
Home Business सहकारीमा २५ लाखभन्दा बढी रकम जम्मा गर्न नपाउने प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत

सहकारीमा २५ लाखभन्दा बढी रकम जम्मा गर्न नपाउने प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत

by laganisutra

काठमाडौँ । सरकारले सहकारी संस्थामा बचतकर्ताले बढीमा २५ लाख रुपैयाँसम्म बचत गर्न पाउने कानुनी व्यवस्था राख्न गरेको प्रस्ताव प्रतिनिधिसभाले अस्वीकार गरेको छ । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पारित गर्ने क्रममा सरकारले विधेयकमा गरेको सो प्रस्ताव अघि बढ्न नसकेको हो ।

गत असोज २४ गते कानुन, न्याय तथा मानवअधिकार समितिबाट सो विधेयक पारित गर्ने क्रममा सहकारीमा बचत गर्ने सीमाबारे सरकारले गरेको प्रस्ताव हटाएको थियो ।

सरकारले सहकारी ऐन २०७४ को दफा ५२ मा संशोधन गर्दै व्यक्तिगत बचतको सीमा पच्चीस लाख रुपैयाँ राख्न प्रस्ताव गरेको थियो। साथै अहिले २५ लाखभन्दा बढी रकम सहकारीमा बचत गरिरहेका व्यक्तिहरूले पाँच वर्षभित्र सीमाभित्र रकम ल्याउनुपर्ने व्यवस्था राख्न प्रस्ताव गरेको थियो। तर संसदीय समितिले उक्त सीमा राख्ने व्यवस्था हटाएर प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेको थियो।

सरकारले प्रतिनिधि सभामा सम्पत्ती शुद्धिकरण निवारण सम्बन्धमा २० वटा कानुनमा एक साथ संशोधन गर्ने गरि ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने’ विधेयक ल्याएको थियो। उक्त विधेयक मार्फत् सरकारले सहकारी ऐनमा पनि संशोधनको प्रस्ताव ल्याएको थियो। समितिले विधेयक माथि छलफल गरी पेस गरेको प्रतिवेदनलाई प्रतिनिधि सभाले बहुमतले पारित गरेको हो।

विधेयकमा स्थानीय तहमा दर्ता भई वार्षिक पच्चीस करोड रुपैयाँसम्मको कारोबार गर्ने सहकारी संस्थाको नियमन, अनुगमन र सुपरिवेक्षण स्थानीय तहबाट, वार्षिक ५० करोड माथि कारोबार गर्ने सहकारीको नियमन प्रदेशबाट र वार्षिक ५० करोडमाथि कारोबार गर्ने सहकारीको नियमन सहकारी विभागबाट हुने व्यवस्था गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीले राखेको संशोधन प्रस्ताव फिर्ता लिएनन् । यो विधेयकमाथि १०५ वटा संशोधन प्रस्ताव दर्ता भएको थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.