२०८१ श्रावण १२
Home EconomyNational ट्राफिक कारबाहीबाट एक करोड राजस्व संकलन

ट्राफिक कारबाहीबाट एक करोड राजस्व संकलन

by laganisutra

हेटौँडा । मकवानपुरमा ट्राफिक कारबाहीबाट एक करोड १६ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ। पछिल्लो छ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले मकवानपुरमा गरेको ट्राफिक कारबाहीबाट सो राजस्व रकम सङ्कलन गरेको हो। ट्राफिक कारबाहीबाट चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल एक करोड १६ लाख चार हजार रुपियाँ राजस्व सङ्कलन गरेको ट्राफिक प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक वसन्त आचार्यका अनुसार ट्राफिक नियम उलङ्घन गर्ने १५ हजार ८५५ सवारी साधनको कारबाहीबाट सो राजस्व असुल भएको हो।

गत आर्थिक वर्ष २०७९र८० मा तीन करोड ६९ लाख ६७ हजार रुपियाँ ट्राफिक कारबाहीबाट राजस्व रकम सङ्कलन भएको थियो। यो वर्ष छ महिनाको अवधिमा आधाभन्दा कम रकम सङ्कलन भएको ट्राफिक प्रहरी प्रमुख आचार्यले बताउनुभयो। ट्राफिक सचेतना फैलाएसँगै जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने घटेकाले राजस्वको रकम सङ्कलनमा पनि कमी आएको आचार्यको भनाइ छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बिना अनुमति सवारी चलाउने, सवारी साधनको कागजात ठिक नभएका वा अवैध कागजात भएको, मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलगायतलाई गरिएको कारबाहीबाट राजस्व असुल गरिएको हो। चालू आवमा सबैभन्दा बढी मङ्सिर महिनामा २७ लाख २४ हजार र कम साउन महिनामा १२ लाख १२ हजार राजस्व रकम सङ्कलन भएको छ। ट्राफिक कारबाहीमा सबैभन्दा बढी मोटरसाइकल चार हजार ७४४ र सबैभन्दा कम ट्याक्टर २९४ कारबाहीमा परेको तथ्याङ्क छ।

चालु आवको छ महिनामा तोकिएको क्षमताभन्दा बढी भार ९ओभरलोड० बोक्ने एक हजार ५६४ सवारीलाई कारबाही गरिएको छ। ओभरलोड बोक्ने एक हजार ५२६ सवारी कारबाहीबाट १५ लाख ७१ हजार रुपियाँ र यातायात कार्यालय मार्फत ३८ सवारी कारबाहीबाट ६ लाख २६ हजार ६४५ रुपियाँ राजस्व संकलन गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक आचार्यले ओभरलोडका कारण दुर्घटना हुनुका साथै सडकसमेत बिग्रिएकोले ओभरलोड नियन्त्रण गर्न प्रहरी लागि परेको बताए।

ट्राफिक प्रहरीले आव २०७७र७८ मा ३२ हजार २३९ सवारी कारबाहीबाट दुई करोड ७१ लाख ६ हजार ५००, आव २०७८र७९ मा ३० हजार ३२७ सवारी कारबाहीबाट दुई करोड ३६ लाख ९० हजार ५०० र आव २०७९र८० मा ४७ हजार ८९९ सवारी कारबाहीबाट तीन करोड ६९ लाख ६७ हजार राजस्व संकलन गरेको तथ्याङ्क छ। गत आवको तुलनामा चालु आवको छ महिनाको तथ्याङ्कलाई आधारमाभन्दा सवारी साधन कारबाही सङ्ख्या र राजस्व दुवै आधा भन्दा बढी घटेको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.