२०८१ श्रावण १२
Home BusinessCompanies रुरु जलविद्युत परियोजनाको नाफामा सामान्य गिरावट

रुरु जलविद्युत परियोजनाको नाफामा सामान्य गिरावट

by laganisutra

काठमाडौ । रूरू जलविद्युत् परियोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा गत वर्षको यसैअवधिमा भन्दा १.११ प्रतिशतले घटेको हो ।

कम्पनीले गत वर्षको यसै अवधिमा ५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ०.१८ प्रतिशतले घटेर ९ करोड १३ लाख रुपैयाँमा झरेको कम्पनीले जनाएको छ ।

कम्पनीको नाफा सामान्य घट्नुमा खुद नाफमा पनि मुख्य असर परेको हो । कम्पनीको विद्युत् बिक्री आम्दानी गत वर्षको यसै अवधिमा ९ करोड १५ लाख रहेकोमा अहिले ९ करोड १३ लाख रहन पुग्यो भने बिक्री लागत पहिले २ करोड ८ लाख रहेकोमा अहिले २ करोड ३१ लाख रुपैयाँ पुग्यो ।

साथै कम्पनीले पोस्टेड रेटअन्तर्गतको अतिरिक्त ७ करोड ५९ लाख रुपैयाँ नेपाल विद्युत् प्राधिकरणसँग लिन बाँकी रहेको स्पष्ट पारेको छ । दोस्रो त्रैमासिक अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ६७ पैसा छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.