२०८१ श्रावण १२
Home Business एनएमबी लघुवित्त ६ करोड ७५ लाख नोक्सानीमा

एनएमबी लघुवित्त ६ करोड ७५ लाख नोक्सानीमा

by laganisutra

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्षको पुस मसान्तसम्म ६ करोड ७५ लाख रुपैयाँ नोक्सानीमा देखिएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद ब्याज आम्दानी घटेको छ भने निष्क्रिय कर्जा बढेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा यस्तो आम्दानी १६ करोड २८ लाख रुपैयाँ थियो । ब्याज आम्दानीका अलवा फी तथा कमिसन आय घट्नुले नाफामा असर परेको छ ।

कम्पनीको इम्पेरिमेन्ट चार्ज (लोन लस प्रोभिजन) केही घटेको छ । गत वर्षको दोस्रो त्रैमासमा इम्पेरिमेन्ट चार्ज ४ करोड ९२ लाख रुपैयाँ रहेकोमा यो वर्षको दोस्रो त्रैमासमा २ करोड ६३ लाख रुपैयाँ छ ।

कम्पनीले ऋणीबाट समयमै कर्जा असुली गर्न नसक्दा निष्क्रिय कर्जा बढेको छ । कुल कर्जामा निष्क्रिय कर्जाको अंक ७.८५ प्रतिशत रहेको छ । गत वर्ष पुस मसान्तसम्म यस्तो कर्जा ४.९४ प्रतिशत थियो । कम्पनीको आधार दर भने समीक्षा अवधिमा १५.७५ बाट बढेर १८.८७ प्रतिशत पुगेको छ । पुस मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा ५ करोड ८२ लाख ऋणात्मक छ । वार्षिक प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७३ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ९५ पैसा छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.