२०८१ जेष्ठ ७
Home Business फेसबुकको सेयरमा उछाल, एकै दिन २ खर्ब डलर बढ्यो

फेसबुकको सेयरमा उछाल, एकै दिन २ खर्ब डलर बढ्यो

by laganisutra

काठमाडौं । फेसबुकको प्यारेन्ट कम्पनी मेटाको सेयर मूल्य एकै दिनमा झन्डै दुई खर्ब डलरले वृद्धि भएको छ । मेटाको सेयर मूल्य शुक्रबार एकै दिन १९६ अर्ब डलर अर्थात् २०.३ प्रतिशतले वृद्धि भएको हो।

मेटाको सेयरमा उछाल भएसँगै यो कम्पनीको बजार मूल्य बढेर १२ खर्ब २० अर्ब अमेरिकी डलर पुगेको छ । यससँगै मेटा विश्वकै सातौँ मूल्यवान् कम्पनी बनेको छ ।

अमेरिकी सेयर बजारमा कुनै पनि कम्पनीले एक दिनमा पाएको सबैभन्दा ठुलो शेयर मूल्य वृद्धि हो । कारोबारका क्रममा प्रतिशेयर ४८५ डलरसम्म पुगेको मेटाको शेयर बजार बन्द हुँदा ४७४ अमेरिकी डलरमा कायम भएको थियो ।

३१ अगस्ट २०२१ मा १० खर्ब रहेको मेटाको बजार मूल्य कोभिड १९ र आर्थिक मन्दीका कारण सुस्ताएको अनलाइन बजारका कारण ओरालो लागेको थियो । वर्ष २०२२ को अन्त्यसम्ममा झन्डै एक चौथाइमा झरेको थियो । त्यति बेला मेटाको शेयर मूल्य प्रतिकित्ता ९० डलरमा पनि कारोबार भएको थियो ।

यससँगै मेटाका संस्थापक मार्क जुकरबर्ग अर्नल्ट, मस्क र बेजोसपछि विश्वकै धनाढ्यको सूचीमा चौथो स्थानमा उक्लिएका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.