२०८१ श्रावण १२
Home Market सूर्योदय वोमी लघुवित्तले १४ प्रतिशत बोनस सेयर दिने

सूर्योदय वोमी लघुवित्तले १४ प्रतिशत बोनस सेयर दिने

by laganisutra

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । कम्पनीको २१६ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको आम्दानीबाट आफ्ना सेयरधनीलाई उक्त बोनस सेयरको प्रस्ताव गरेको हो ।

प्रस्तावअनुसार २०८० असार मसान्तमा कायम ९१ करोड ७ लाख ८२ हजार रुपैयाँको १४ प्रतिशतका दरले हुने १२ करोड ८२ लाख १० हजार ८५३ रुपैयाँ बराबरको बोनस सेयर दिने छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट पारित हुनुपर्ने छ । यस्तै, कम्पनीको आगामी वार्षिक साधारण सभाले समेत पारित गर्नुपर्ने छ ।

यो कम्पनी २०७८ सालको चैतमा दुईवटा लघुवित्त मर्जर भएर बनेको थियो । सोहीकारण, मर्ज भएको दुई आर्थिक वर्षसम्ममा लाभांश वितरण गर्न नपर्ने भएकाले कर प्रयोजनका लागि नगद नछुट्याएको बताएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.