२०८१ श्रावण १२
Home Market तेह्रथुम पावर कम्पनीको आम्दानीसँगै नाफा बढ्यो

तेह्रथुम पावर कम्पनीको आम्दानीसँगै नाफा बढ्यो

by laganisutra

काठमाडौं । तेह्रथुम पावर कम्पनीको विद्युत् बिक्री आम्दानीसँगै नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म विद्युत् बिक्री आम्दानी ९ करोड १ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो आम्दानी ८ करोड २७ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद नाफा ६४ लाख ६२ हजार रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ६ लाख ६२ हजार थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी जम्मा ३ रुपैयाँ २३ पैसा छ भने प्रतिसेयर नेटवर्थ जम्मा ६५ रुपैयाँ २५ पैसा छ । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ५३५ रुपैयाँ छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.