२०८१ श्रावण १२
Home Business अमेरिकी डलरको भाउ घट्यो, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

अमेरिकी डलरको भाउ घट्यो, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

by laganisutra

काठमाडौं । राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसा कायम गरिएको छ। शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०५ पैसा कायम गरिएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ०७ पैसा घटेको हो। यस्तै, युरोपियन युरो अघिल्लो दिनको तुलनामा बढेको छ। आज युरो एकको खरिदमा आज १४४ रूपैयाँ ०७ पैसा र बिक्रीमा १४४ रूपैयाँ ७२ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ९७ पैसा बढेको हो।

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ९१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ६८ पैसा तोकिएको छ। शुक्रबार पाउण्ड एकको खरिददर १६७ रूपैयाँ ३१ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०७ पैसा कायम गरिएको थियो।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ४४ पैसा र बिक्रीमा ८७ रूपैयाँ ८४ पैसा पाइन्छ। त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ९७ पैसा र बिक्रीमा ९९ रूपैयाँ ४२ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३० पैसा र बिक्रीदर ३५ रूपैयाँ ४६ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०४ पैसा र बिक्रीमा ३६ रुपैयाँ २० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ०७ पैसा र बिक्रीमा २८ रुपैयाँ १९ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ८३ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ७८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ७६ पैसा तोकिएको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.