२०८१ श्रावण १२
Home Market साताको सेयर समीक्षा : होटलमा उच्च गिरावट

साताको सेयर समीक्षा : होटलमा उच्च गिरावट

by laganisutra

काठमाडौं । यो साता पनि सेयर बजार अन्ततः घटेरै बन्द भएको छ । गत साता २०८४ अंकमा रहेर बन्द भएको नेप्से यो साता १७ अंक घटेर २०६७ अंकमा बन्द भयो ।

गत साता ३.२ प्रतिशत झरेको बजार यो साता ०.८१ प्रतिशतले घटेको हो । ५ दिन खुलेको बजार ३ दिन बढ्यो भने २ दिन घट्यो । तर बढेको अंकभन्दा घटेको अंक उच्च हुँदा अन्ततः साताको वृद्धिदर ऋणात्मक हुन गयो ।

पहिलो दिन आइतबार १०.३७ अंक बढेको बजार सोमबार १०.२६ र मंगलबार १४.८८ अंक बढेसँगै २११९ अंकमा पुगेको थियो । बुधबार फेरि २१.६७ अंक र बिहीबार ३०.९२ अंक घटेसँगै नेप्से २०६७ अंकमा बन्द रह्यो ।

बजार घट्दा पनि कारोबार रकममा ठूलो अन्तर छैन । बजार बढेका दिनहरु आइतबार ३ अर्ब ८३ करोड, सोमबार ४ अर्ब ५६ करोड र मंगलबार ५ अर्ब ५४ करोडको कारोबार भएको थियो । बजार घटेका दिन बुधबार ५ अर्ब २९ करोड र बिहीबार ४ अर्ब १८ करोडको कारोबार भयो ।

समूहगत उतारचढाव :

यो साता हाइड्रोपावर र ब्यापार समूह झिनो अंकमा बढे भने अन्य समूह ३.८४ प्रतिशत बढ्यो । तीबाहेक सबै समूह घटे । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.९६ प्रतिशत घट्यो ।

अन्य समूह बढ्नुका कारण :

अन्य समूह सबैभन्दा धेरै बढ्नुको कारण यसमा रहेका दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल पुनर्बीमा कम्पनीको मूल्य बढ्नु हो । गत साता ६४६ रुपैयाँ ८० रुपैयाँ रहेको हिमालयन रिको मूल्य यो साता ६९५ रुपैयाँ १० पैसा पुग्यो भने सोही अवधिमा नेपाल पुनर्बीमाको ७२५ रुपैयाँ १० पैसाबाट बढेर ७९२ रुपैयाँ पुग्यो ।

पुनर्बीमा कम्पनीको पूँजी वृद्धि गर्ने चर्चाका बीच दुई कम्पनीको मूल्य अन्ततः यो साता नै बढ्न गयो । यीबाहेक अन्य समूहकै नेपाल टेलिकमको मूल्य पनि २ रुपैयाँ बढ्यो ।

हिमालयन रि, नेपाल पुनर्बीमा र नेपाल टेलिकम पूँजीकरणका आधारमा समूहमा मात्रै नभई बजारकै शक्तिशाली कम्पनी हुन् । तसर्थ यी कम्पनीको मूल्यमा आएको परिवर्तनले समूहलाई नै डोर्‍याउँछ भने समग्र बजारलाई पनि ठूलो प्रभाव पार्छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.