२०८१ श्रावण १२
Home Business सगरमाथा जलविद्युत् कम्पनीको बिक्री आम्दानीसँगै नाफा बढ्यो

सगरमाथा जलविद्युत् कम्पनीको बिक्री आम्दानीसँगै नाफा बढ्यो

by laganisutra

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनीको बिक्री आम्दानीसँगै खुद नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ६ करोड ५९ लाख रुपैयाँ छ ।

गत वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ५ करोड ४० लाख रुपैयाँ थियो । तुलनात्मक अवधिमा कम्पनीको बिक्री आम्दानी १५ करोड ९७ लाख रुपैयाँबाट बढेर १६ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२ रुपैयाँ १३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ छ । यस कम्पनीले सुपरमाइ ए जलविद्युत् आयोजना संचालन गर्दै आएको छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६२ रुपैयाँ छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.