२०८१ श्रावण १२
Home Sports यू-१९ विश्वकप : भारतले दियो नेपाललाई विशाल लक्ष्य

यू-१९ विश्वकप : भारतले दियो नेपाललाई विशाल लक्ष्य

by laganisutra

काठमाडौं । आईसीसी १९ वर्षमुनिकाे विश्वकप क्रिकेटअन्तर्गत ‘सुपर सिक्स’ मा भारतले नेपाललाई २ सय ९८ रनकाे लक्ष्य दिएकाे छ ।

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा टस जितेर ब्याटिङ गरेकाे भारतले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९७ रन बनायाे । भारतका दुई जना खेलाडीले शतक बनाए । सचिन दासले १ सय १६ र कप्तान उदय शरन सय रन बनाएर आउट भए । नेपालका गुलसन झाले ३ र आकाश चन्दले १ विकेट लिए ।

‘सुपर सिक्स’ मा नेपालको यो अन्तिम खेल हो । ‘सुपर सिक्स’ को पहिलो खेलमा नेपाल बङ्ग्लादेशसँग ५ विकेटले पराजित भएको थियो । नेपालको सेमिफाइनल पुग्ने सम्भावना ‘सुपर सिक्स’ अघि नै सकिएको थियो ।

समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल ‘सुपर सिक्स’ मा पुगेको थियो । नेपाल समूह चरणमा पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.