२०८१ श्रावण १२
Home Business मेरो माइक्रोफाइनान्सको निष्क्रिय कर्जा बढ्यो

मेरो माइक्रोफाइनान्सको निष्क्रिय कर्जा बढ्यो

by laganisutra

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्तको निष्क्रिय कर्जा उच्च दरले बढेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार पुस मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जाको अंश ७.८७ प्रतिशत पुगेको हो । गत वर्षको यसै अवधिमा यस्तो निष्क्रिय कर्जा ४.९६ प्रतिशत मात्रै थियो । कम्पनीले कुल १३ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

कम्पनीको खुद नाफा भने संकुचन भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा अहिले ६ करोड ४३ लाखमा खुम्चिएको छ । कम्पनीको वितरणयोग्य नाफा भने ६ करोड ९७ लाख रुपैयाँ छ । कम्पनीले ५ करोड २ लाख रुपैयाँ लोनलस प्रोभिजन गरेको छ । कुल निष्क्रिय कर्जामा लोनलस प्रोभिजन जम्मा ३६ प्रतिशत हो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.