२०८१ श्रावण १२
Home Business माण्डु हाइड्रोपावरको नाफा ११.७८ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

माण्डु हाइड्रोपावरको नाफा ११.७८ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

by laganisutra

काठमाडौं । माण्डु हाइड्रोपावरले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद नाफा ११.७८ प्रतिशत बढेर १७ करोड ५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड २६ लाख रुपैयाँ नाफा गरेको थियो ।

६ महिनाको अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४ प्रतिशत घटेर ४१ करोड ५२ लाख रुपैयाँमा खुम्चिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड २७ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।

पुस मसान्तसम्म कम्पनीको वित्तीय खर्च २३.२८ प्रतिशत घटेर १२ करोड ९ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १३.६४ प्रतिशत बढेर १ अर्ब ३६ करोड रुपैयाँ, जगेडा कोष ४०.३२ प्रतिशत बढेर ३७ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको कर्जा तथा सापटी रकम २२.७६ प्रतिशत घटेर २ अर्ब १२ करोड रुपैयाँमा झरेको छ । साथै, कम्पनीको प्रतिसेयर आम्दानी २५.०२ रुपैयाँ रहेको छ भने नेटवर्थ प्रतिसेयर १३९.७९ रुपैयाँ रहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.