२०८१ श्रावण १२
Home BusinessCompanies माई खोला हाइड्रोपावरको नाफामा २५ प्रतिशतको गिरावट

माई खोला हाइड्रोपावरको नाफामा २५ प्रतिशतको गिरावट

by laganisutra

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७६ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २५.८० प्रतिशतले कम हो । गत आर्थिक वर्षको पुससम्म यसकम्पनीले १ करोड २ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो । 

विद्युत बिक्रीबाट हुने आम्दानी घट्दा खुद नाफामा असर परेको हो । यो हाइड्रोपावरले पुससम्म ४ करोड ४३ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यसले ४ करोड ७३ लाख रुपैयाँको विद्युत बिक्रीबाट आम्दानी गरेको थियो । यसको वित्तीय खर्च २ करोड १ लाखबाट घटेर १ करोड ९७ लाख रुपैयाँमा झरेको छ । 

हाल माई खोलाको चक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा ७६ लाख ८५ हजार रुपैयाँ जम्मा रहेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ९६ पैसा छ ।

news dgsgjbbj03p

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.