२०८१ जेष्ठ ७
Home EconomyInternational श्रीलङ्काको मुद्रास्फीति दर बढेर ६.४ प्रतिशत पुग्यो

श्रीलङ्काको मुद्रास्फीति दर बढेर ६.४ प्रतिशत पुग्यो

by laganisutra

कोलम्बो । श्रीलङ्काको मुद्रास्फीति जनवरीमा बढेर छ दशमलव चार प्रतिशत पुगेको छ । सन् २०२३ को डिसेम्बरमा मुद्रास्फीति चार प्रतिशत रहेको जनगणना तथा तथ्याङ्क विभाग (डिसिएस) ले बुधबार जनाएको छ ।

खाद्य मुद्रास्फीति डिसेम्बर २०२३ मा शून्य दशमलव तीन प्रतिशतबाट जनवरी महिनामा तीन दशमलव तीन प्रतिशतमा बढेको डिसिएसले आफ्नो पछिल्लो विज्ञप्ति सार्वजनिक गरेको हो । गैर–खाद्य समूहको मुद्रास्फीति पनि डिसेम्बरमा पाँच दशमलव आठ प्रतिशतबाट बढेर जनवरीमा सात दशमलव नौ प्रतिशत पुगेको छ ।

डिसिएसका अनुसार मुख्यतया आवास, पानी, बिजुली, ग्यास, शिक्षा, कपडा, मादक पेय पदार्थ, सुर्तीजन्य र लागुऔषध, मनोरञ्जन र संस्कृति, विविध वस्तु र सेवाहरू र स्वास्थ्यका कारण मुद्रास्फीति बढेको हो ।

सन् २०२२ सेप्टेम्बरदेखि श्रीलङ्काको मुद्रास्फीति लगातार घट्दै गएको छ । उक्त समयमा मुद्रास्फीति ६९ दशमलव आठ प्रतिशत थियो । जनवरी महिनाको सुरुमा केन्द्रीय बैङ्कका गभर्नर नन्दलाल विरासिङ्गेले मूल्य अभिवृद्धि करमा वृद्धि र आपूर्ति पक्ष समस्याहरूका कारण तरकारीको मूल्य बढेको भन्दै जनवरीमा श्रीलङ्काको मुद्रास्फीति करिब सात प्रतिशतले बढ्नसक्ने बताएइक थिए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.