२०८१ जेष्ठ ७
Home Business भारतमा मोबाइल फोनको मूल्य घट्यो

भारतमा मोबाइल फोनको मूल्य घट्यो

by laganisutra

नयाँ दिल्ली । भारतमा मोबाइल फोन सस्तो हुने भएको छ । आगामी आर्थिक वर्षको बजेट आउनु भन्दा दुई दिन अगाडि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले मोबाइल कम्पोनेन्टमा लाग्ने आयात महसुल ५ प्रतिशतले घटाएको छ । सरकारको यो फैसलापछि भारतमा बन्ने मोबाइल फोनको पार्ट्स मगाउँदा लाग्ने खर्च घट्नेछ । यसको फाइदा सिधै उपभोक्तहरुलाई हुनेछ।

अर्थ मन्त्रालयले जारी गरेको सूचनाका अनुसार मोबाइल उपकरणमा लाग्दै आएको आयात शुल्क १५ प्रतिशतबाट घटेर १० प्रतिशतमा झारिएको छ । भारतमा बन्ने अधिकांश फोनको कम्पोनेन्ट आयात हुन्छ । यसरी आयात गरिएका कम्पोनेन्टमा सरकारले आयात शुल्क लगाएको छ ।

जसका कारण यसको भाउ बढ्छन् । आयात शुल्क कम भएपछि अब मोबाइल फोनको मूल्य घट्ने अनुमान गरिएको छ । भारतमा भोली अर्थात् फेब्रुअरी १ मा आगामी आर्थिक वर्षको बजेट पेस हुँदै छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.