२०८१ श्रावण १२
Home Business सेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब २९ करोडको कारोबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब २९ करोडको कारोबार

by laganisutra

काठमाडौं । बुधबार नेप्से परिसूचक २१.६७ अंकले घटेको छ। यसदिन नेप्से १.०२ प्रतिशतले घटेर २०९७.९३ बिन्दुमा बन्द भएको छ। बुधबारको बजारमा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् मंगलबार ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५९३ रूपैयाँको सेयर कारोबार भएको थियो।

मंगलबारको तुलनामा आज कारोबार रकम २५ करोड रूपैयाँ कम हो। यस दिन ३१३ वटा धितोपत्रको १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर किनबेच भएको हो। बुधबार २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१५ वटाको घटेको छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन सामलिङ पावरको सेयरमूल्य सर्वाधिक ९.८७ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६९० रूपैयाँ कायम भएको छ।

यस्तै, मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ९.६७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४६५ रूपैयाँ पुगेको छ। मेन्छियाम हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ५.८७ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ३०९ रूपैयाँ ७० पैसा कायम भएको छ। यस्तै, स्वाभिमान लघुवित्तको सेयर मूल्य ५.७८ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ८८१ रूपैयाँ कायम भएको छ। बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ७१४ रूपैयाँ ६० पैसामा ६३ करोड ८७ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.७० प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६१३ रूपैयाँमा २६ करोड १ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.१४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशतले घटेको हो।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.