२०८१ श्रावण १२
Home Business सानिमा बैंकका सबै कर्मचारीलाई अनलाइनमै १४४ प्रकारका ‘सफ्ट स्किल’ तालिम

सानिमा बैंकका सबै कर्मचारीलाई अनलाइनमै १४४ प्रकारका ‘सफ्ट स्किल’ तालिम

by laganisutra

काठमाडौं । सानिमा बैंकमा कार्यरत देशभरका कर्मचारीले १४४ प्रकारका सफ्ट स्किल तालिम कोर्स लिन पाउने भएका छन् । इन्सपायर ट्रेनिङ एकेडेमीसँगको सहकार्यमा बैंकले इ-लर्निङको माध्यमबाट तालिम कोर्स उपलब्ध गराउने भएको हो ।

तालिमका लागि एकेडेमीको वेब पोर्टलमा रहेका १४४ ओटा सफ्ट स्किल कोर्स सानिमा बैंकको सिस्टममा इन्टिग्रेसन गरिएको उल्लेख छ । यो सम्झौतासँगै सानिमा बैंकका कर्मचारीहरूले आफ्नो उपयुक्त समयमा घर या अफिसमा बसेर नै चाहिएको तालिम लिन सक्नेछन् । यसबाट बैंकमा कार्यरत देशभरका कर्मचारीले आफ्नो व्यावसायिक क्षमताको विकास गर्न सक्ने भएका छन् ।

एकेडेमीले कार्पोरेट, होटेल , एनजीओ, आईएनजीओका कर्मचारीसँगै विश्वविद्यालय र कलेज तहका विद्यार्थीहरूलाई लक्षित गरी विश्व स्तरीय ट्रेनिङ इस्टिच्युटबाट सर्टिफाइड ट्रेनिङ कोर्सहरू उपलब्ध गराउँदै आएको छ । जसमा हाइफिल्ड, इरिस्म, फिमा, आईएसओ, सीपीडी, आयोश, इटा लगायतका सर्टिफाइड कोर्स रहेका छन् ।

आफैं सिक्न सकिने शैलीका यी कोर्सहरू इन्स्पायर ट्रेनिङ एकेडेमीको वेबसाइटमा गई आफूलाई चाहिएको कोर्स छानेर भर्ना गरी रजिस्टर गरेपछि व्यक्तिगत रूपमा पनि कोर्स लिन सकिने बताइएको छ । । कन्टिन्युइङ प्रोफेसनल डेभलपमेन्ट (सीपीडी) र नन-सीपीडी तालिमका कोर्स व्यक्तिगत र कम्पनी दुवै प्याकेजको रूपमा उपलब्ध छन् ।

कर्पोरेट प्याकेज अन्तर्गतका कोर्सहरू कम्पनीकै वेबसाइटमा इन्टिग्रेट गराइने , ट्रेनिङ पश्चात् तुरन्त सर्टिफिकेट उपलब्ध हुने, सिस्टम कन्ट्रोलबाट कर्मचारीलाई कोर्सको ऐक्सेस दिन मिल्ने, चाहिएको बेला ट्रेनिङ रिपोर्ट निकाल्न मिल्ने, सबै कर्मचारीहरूलाई एउटै किसिमको ट्रेनिङ हुने जस्ता फिचर पनि एकेडेमीले उपलब्ध गराउँदै आएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.